चतरा । चतराधामका महायोगी शिद्धबाबा कृष्णदासजी महाराजलाई जगतगुरु रामानन्दाचार्य पदबाट विभूषित गरिएको छ । चतराधाममा भएको १० दिवशीय महायज्ञको समापनका अवसरमा महायोगी शिद्धबाबालाई यो पदबाट विभूषित गरिएको हो । चतारधाममा आयोजित श्रीराम तारक ब्रम्ह महायज्ञको पूर्णाहुतिका अवसरमा उनी भए ।
महायज्ञको समापनमा चतुः सम्प्रदायका जगतगुरु लगायत शीर्षस्थ तथा निर्वाणी, दिगम्बर, महानिर्वाणी गरि चारै अखडा परिषदका अध्यक्ष्य र वैष्णव सम्राट विभूषित गरिएका लगायत व्यक्तिले बराहक्षेत्रका जगतगुरु श्रीरामाचार्य शिवापीठलाई पनि श्रीराम तारक ब्रम्हपीठका रुपमा घोषणा गरेका छन् ।
व्रिन्दावन, दिल्ली, अयोध्या, चित्रकुट, हरिद्वार उत्तरकाँशी, अहमदाबाद, बनारस, उज्जैन, जयपुरका विशिष्ठ मण्डलेश्वर, महामण्डलेश्वर, जगतगुरुहरुले सामूहिक रुपमा चतराधाम स्थित पीठलाई विश्वकै एकमात्र श्रीरामतारक ब्रम्हपीठका रुपमा घोषणा गरे ।