काठमडौं । सुदूरपश्चिम प्रदेशको दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण हुने भएको छ । आयोजनाको अपि चमेलिया पावर कम्पनीले निर्माण गर्न लागेको हो ।
अपि पावरको सहायक कम्पनीले अघि बढाउन लागेको आयोजनाको एक सातामा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता ९पिपिए० हुने भएको छ । प्राधिकरणले प्रवर्द्धक कम्पनीलाई खबर गरेकाले यसै एक सातामा पिपिए हुने निश्चित भएको हो । कम्पनीले प्राधिकरणसँग प्रसारण सम्झौता गरिसकेको छ ।
प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलियाभन्दा १५ किलोमिटर माथि यो आयोजनाको सिभिल संरचना निर्माण हुनेछ । आयोजना स्थलसम्म सडकको पहुँच पुगिसकेको छ । अपि पावरले सम्पन्न गरेको ८ मेगावाको माथिल्लो नौगाड आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि सबै निर्माण उपकरण तथा कर्मचारी चमेलियामा परिचालन गरिने भएको छ ।
आयोजनाको उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा कम्पनीले आवेदन दिएको छ । पिपिएमा हस्ताक्षर भएपछि आवश्यक ऋण लगानी जुटाएर २०७६ बाट संरचना निर्माणको काम थालिने कम्पनीले जनाएको छ । आयोजना सम्पन्न गर्न ६ अर्ब ४० करोड रुपैयाँ खर्च हुने अनुमान छ । स्वदेशी लगानीमा निर्माण हुने आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण र स्वपुँजी लगानीमा निर्माण गरिनेछ ।
आयोजनाबाट २०७९ फागुनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । उत्पादन हुने विद्युत प्राधिकरणको १३२ केभी बलाँच सबस्टेसनमा जोडिनेछ ।