काठमाडौं । प्रहरीले अख्तियारको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट विवेकशील साझा पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै वुधबार विहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो ।

‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ता धर्ना बसेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले गाडीमा हालेर लगेकाहरुको संख्या भने खुलाएको छैन ।