काठमाडौँ । त्रिविको शिक्षा शास्त्र संकायतर्फका सहायक डीन बबालाल साहलाई विद्यार्थीले मोसो दलेका छन्। एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीले मोसो दलेका हुन् ।

साहले दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले साहकै कार्यकक्षमा गई मोसो दलेका हुन्। केही दिनअघि साहले छात्रालाई संवेदनशील अंगमा छोएको विद्यार्थीको आरोप छ। साहले संवेदनशील अंगमा छुदै जबर्जस्ती गर्न खोजेको र नमान्दा हातपात गरेको विद्यार्थीको आरोप छन्।

जबर्जस्ती गरेको भन्दै छात्राले शिक्षा संकायको डीन कार्यालयमा निवेदन समेत दिएकी थिइन्। आरोपित साह कीर्तिपुर प्रहरीको नियन्त्रणमा छन् ।