रुपन्देही । क्यामरुनको टोली दाउफिन्स रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । दाउफिन्सले झापा ११ लाई ५–० को फराकिलो गोल अन्तरले हरायो। बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल सङ्घले बुटवलको देवीनगरमा खेलाइरहेको प्रतियोगिता अन्तर्गत वुधबारको खेलमा दाउफिन्सले झापा ११ लाई हराएको हो ।

झापाका प्रशिक्षक प्रवेश कटुवालले झापाको प्रस्तुति राम्रो भए पनि फराकिलो अन्तरले हार्नु दुःखद् हो, भने । उनले खेलाडीका कमजोरी सुधार गरेर आगामी दिनमा बलियो समूह बनाउने योजना पनि सुनाए । बिहीबार मनाङ मस्र्याङदी र च्यासल युथ आमुन्ने सामुन्ने हुनेछन् ।

प्रतियोगिताको विजेताले आठ लाख ८० हजार रुपियाँ र कप पाउनेछ भने उपविजेताले पाँच लाख ५० हजार रूपैयाँ पाउनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउनेछन् भने विद्यागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक तथा रेफ्रीलाई आयोजकले २५ र २५ हजार दिने भनेको छ ।