तस्वीरः वेब
काठमाडौं । भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइएको छ । भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला उद्धार गरिएका उनीहरुलाई काठमाडौं ल्याइएको हो ।
मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरका विभिन्न ठाउँमा लगिएको शंकामा ३२ पुरुष र १४७ महिलासहित १७९ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको हो ।
भारत सरकार तथा स्थानीय सङ्घसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरुको गत माघ २३ गते उद्धार गरिएको थियो ।
मङ्गलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई वुधबार काठमाडौँ ल्याएको प्रहरीप्रधान कार्यालयले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।