काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन ९ गते बिहिबार । नेपाल संवत ११३९ सिल्लागा, द्धितिया । २१ फेब्रुअरी २०१९ । अहिले विरोधकृत् संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको द्वितीया तिथि बेलुका ५ बजेर १४ मिनेटसम्म रहनेछ ।

यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र विहान ७ बजेर ४४ मिनेटसम्म रहनेछ । यसैगरी आज सुकर्म योग र वणिज करण रहेको छ । चन्द्रमा आज सिंह राशिमा छन् । विहिबार आज भगवतीको उपासना शुभ रहनेछ । यस्तै, सूर्योदय ६ बजेर ३९ मिनेटमा छ र सूर्यास्त बेलुका ५ बजेर ५८ बजे हुनेछ ।