एजेन्सी । बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा कम्तिमा सत्त्तरी जनाको मृत्यु भएको छ । आगलागी परी धेरैजना घाईते भएको छन् ।

राजधानी ढाको भिडभाड युक्त क्षेत्र चौकबजारको एक भवनबाट आगलागी सुरु भएको हो । ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि आगो फैलिएको हो ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अग्नि नियन्त्रकले बताएका छन् । आगलागी भएको क्षेत्रमा रसायनको गोदाम पनि थियो ।

३७ वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो नियन्त्रणमा आएपछि खोजी तथा उद्धारको काम जारी राखिने सरकारी अधिकारीले बताएका छन् ।