काठमाडौं । जल तथा मौसम पूर्वानुमा महाशाखाले विहिबार देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने र केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविदले बताएका छन् । मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद सुवास रिमालले बताए ।

उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । रातिदेखि मौसममा केही सुधार आउने बताइएको छ । राति पश्चिमका क्षेत्रमा सामान्य बदली हुनेछ ।