काठमाडौँ । बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार विहीबार भने झिनो अङ्कले वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर एक हजार ११३ दशमलव ०७ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाइएको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ बिन्दुले बढेर २३६ दशमलव ६० बिन्दुमा पुगेको छ । स्टकका अनुसार विहीबार कूल १५५ कम्पनीको चार लाख ७५ हजार ७६६ कित्ता शेयर रु १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १० उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर वृद्धि भएको छ । जलविद्युत् १ दशमलव०७, उत्पादन १२.८ र लघुवित्त २.५८ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ १ दशमलव ३२, व्यापार २ दशमलव ७, विकास बैंक शून्य दशमलव ०२, वित्त शून्य दशमलव ७८, निर्जीवन बीमा १० दशमलव ०४, अन्य १ दशमलव ३१ र जीवन बीमा १ दशमलव ७८ बिन्दुले बढेको छ ।