काठमाडौँ । सरकारले समाज कल्याण परिषदका पदाधिकारीको जागिर खोसेको छ । बदनियत राखेर कानुन विपरीत काम गरेको भन्दै सरकारले परिषदका पदाधिकारीको जागिर खोसेको हो ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले परिषदका उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विहिबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकारले समाजकल्याण परिषदमा भएको आर्थिक, प्रशासनिक लगायत अनियमिताताबारे थप अनुसन्धान गरी कानुनी कारबाही गर्न योसम्बन्धी प्रतिवेदनको प्रलिलिपि अख्तियारमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले बताए । सरकारले पदाधिकारी मात्रै भनई परिषदको अखडै उठाइदिएको छ । पदासमाज कल्याण परिषदको भवन भएको ठाउँमा उपराष्ट्रपतिलाई विराजमान गराउन अहिले वरिपरि सेनाले पर्खाल र टहरा एकसाथ बनाईरहेको छ ।