काठमाडौँ । बैदेशिक रोजगारीका लागि नक्काली विवाह गर्ने विषयमा बनेको फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म चैत ८ मा रिलिज हुने निश्चित गरिएको छ ।

फिल्मका ट्रेलरमा फिल्मका मुख्यकलाकारहरु अभिनेता नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोेटालगायतलाई प्रस्तुत गरिएको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए । अपिलले यसअघि ‘झुम्की’निर्देशन गरेका थिए । यसका निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् ।

फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ ।