काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन १० गते शुक्रबार । नेपाल संवत ११३९ सिल्लागा, तृतीया । २२ फेब्रुअरी २०१९ ।

अहिले विरोधकृत् संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको तृतीया तिथि दिउँसो ३ बजेर ११ मिनेटसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् ।

सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । हस्ता नक्षत्र शनिबार बिहान ५ बजेर ५ मिनेटसम्म रहनेछ । यसैगरी, आज शूल योग र बब करण रहेको छ ।

चन्द्रमा कन्या राशिमा छन् । शुक्रबार इन्द्रायणी भगवतीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ । सूर्योदय ६ बजेर ३८ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ५ बजेर ५९ मिनेटमा हुनेछ ।