काठमाडौं । गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका सांसद वलीको गएराति निधन भएको हो ।

सांसद वली गत माघ २४ गते दाङको लमही–घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते भएका थिए । दाङको दंगिशरण गाउँपालिका–६, लेटारका सांसद वली पोहोर भएको प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा विजयी भएका थिए । उनको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखेर मात्रै अन्तिम संस्कारका लागि लगिने नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।