काठमाडौँ । ललितपुरस्थित नख्खुमा रहेको एनसेलको कार्यलय अगाडी बम विष्फोट भएको छ ।
नख्खु चोक नजिकको एनसेल कार्यलयको गेटमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताए ।
योसंगै अन्य स्थानमा पनि संकास्पद वस्तु भेटिएको जनाइएको छ ।