काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन ११ गते शनिबार । नेपाल संवत ११३९ सिल्लागा, चतुर्थी । २३ फेब्रुअरी २०१९ । अहिले विरोधकृत् संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् ।
शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको चतुर्थी तिथि दिउँसो १ बजेर २४ मिनेटसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । चित्रा नक्षत्र आइतबार विहान ४ बजेर ११ मिनेटसम्म रहनेछ । आज, गण्ड योग र कौलव करण रहेको छ ।
चन्द्रमा आज कन्या राशिमा छन् । शनिबार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुने विश्वास गरिन्छ । यस्तै, सूर्योदय ६ बजेर ३७ मा छ भने सूर्यास्त बेलुका ५ बजेर ५९ मिनेटमा हुनेछ ।