काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन १२ गते आईतबार । नेपाल संवत ११३९ सिल्लागा, पञ्चमी । तदनुसार २४ फेब्रुअरी २०१९ ।
अहिले विरोधकृत् संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको पञ्चमी तिथि दिउँसो ११ बजेर ५६ मिनेटसम्म रहनेछ ।
यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । स्वाती नक्षत्र सोमबार विहान ३ बजेर ३९ मिनेटसम्म रहनेछ । आज वृद्धि योग र गर करण रहेको छ ।
यस्तै, चन्द्रमा तुला राशिमा छन् । आइतबार आज सूर्य भगवानको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । आज सूर्योदय ६ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ठीक ६ बजे हुनेछ ।