काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको नेविसंघको प्रर्दशनको क्रममा झडप भएको छ । नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षलाई लिएर विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रर्दशनका क्रममा ढुङगामुढा गरेपछि  प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीले लाठीचार्ज गरेसंगै दुई पक्षबीच झडप भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचका विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेरहद हुनुपर्ने र नपर्ने विषयमा विवादभएसँगै विवादको अवस्था बनेको थियो ।

प्रहरीको लाठीचार्जबाट २० भन्दा बढी नेता कार्यकर्ता घाइते भएको नेविसंघ नेता प्रेमराज जोशीले बताए ।

पार्टीभित्र अन्तरघात, अराजकता र अनुशासन हिनताको विरुद्धमा भन्दै नेविसंघकाले कांग्रेस पार्टी कार्यालय सानेपामा मौन प्रदर्शन आह्वान गरेको थियो ।