काठमाडौँ । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाको आज (आईतबार)को बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि बैठकले अनुमोदन गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते अपराह्न १ः०० बजे बस्ने छ ।