काठमाडौं । भारत प्रशासित जम्मू–कश्मिरको पलुवामा क्षेत्रमा सुरक्षाकर्मीलाई लक्षित गरी भएको आक्रमणपछि बलिउड फिल्मको कमाई चौपट भएको छ । जसका कारण, टोटल धमाल, लुका छुपी, अर्नुज पटियाला, नोटबुक र कबीर सिंह जस्ता फिल्मका निर्माताले पाकिस्तानमा फिल्म रिलिन नगर्ने निर्णय गरेका छन् ।

तर, भारतीय जानकारहरु भने उल्टो बताइरहेका छन् । उनीहरु बलिउडको बक्स अफिसमा धेरै असन नपर्ने, बरु पाकिस्तानी वितरक नै चौपट हुने बताइरहेका छन् । बलिउड फिल्मको कारोबारबारे चासो राख्ने विश्लेषक तरण आदर्शले भनेका छन्, ‘भारतीय फिल्म पाकिस्तामा निकै रुचाइन्छन् । तर, कमाइको दृष्टिकोणबाट त्यो त्यति महत्वपूर्ण होइन ।’ उनले यसबाट पाकिस्तानी वितरकलाई अझ बढि नोक्सान हुने बताएका छन् ।

फिल्म वितरक अक्षय राठीले समेत पाकिस्तानी वितरक बढी प्रभावित हुने बताए । उनका अनुसार औसतमा भारतीय फिल्म पाकिस्तानमा ४ देखि ७ करोड रुपैयाँ कमाउँछन् । पाकिस्तानी कलाकार नोमान नावेदले भने पलुवामा आक्रमणको निन्दा गर्दै कलाकारमाथि प्रतिबन्ध लगाएर यो समस्याको समाधान नहुने बताएका छन् ।

उनी भन्छन्, ‘हामीहरु साथमा आतंकवादविरुद्ध लड्नु पर्छ ।’ पाकिस्तानी फिल्म निर्माता सोहेल खान भने, भारतीय फिल्म यस्तो निर्णयले भारतीय उद्योगमा नोक्सान पुग्ने बताएका छन् । उनका अनुसार बलिउडले कमाउने संसारभरको कमाई मध्ये पाकिस्तानको कयौँ योगदान छ ।–एजेन्सीको सहयोगमा