काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन १३ गते सोमबार । नेपाल संवत ११३९ सिल्लागा, षष्ठी । तदनुसार २५ फेब्रुअरी २०१९ ।

अहिले वरोधकृत् संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको षष्ठी तिथि विहान १० बजेर ५२ मिनेटसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् ।

सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । विशाखा नक्षत्र मंगलबार विहान ३ बजेर ३३ मिनेटसम्म रहनेछ । यसैगरी आज ध्रुव योग र भद्रा करण परेको छ ।

चन्द्रमा आज तुला राशिमा छन् । सोमबार शिवजीको उपासना सँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ । यस्तै, सूर्योदय ६ बजेर ३५ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ६ बजेर १ मिनेटमा हुनेछ ।