काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।
पश्चिमी क्षेत्रको मौसम सामान्यतया बदली हुने मौसमविदले बताएका छन् । देशका अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
यस्तै, मध्य र पूर्वका पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । दिउँसो आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । मंगलबार पनि मौसममा गडबडी आउने मौसमविदले बताएका छन् ।