काठमाडौं । कांग्रेसभित्र महासमिति सदस्य चयन हुने व्यवस्था र समानुपातिकमा एउटै व्यक्ति दोहोरिनेबारेको झगडा १४औँ महाधिवेशनसम्मै जाने भएको छ ।
यसको संकेत पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेलले गरेका छन् । उनले भने, ‘पार्टीका हरेक मुद्दामा अल्पमत र बहुमतको खेल उपयुक्त हुँदैन । यो कुरा ६० बढी जिल्ला सभापतिसहितले उठाएका छन् । त्यसैले यो विषय आउने महाधिवेशनसम्मै जान्छ ।’ त्यसले हामीले भनेका हौँ, यो रवैया ठिक छैन । करेक्सन गर्नु पर्छ ।
नोटअफ डिसेन्ट किन खेल्नुको खास कारण ?
जुन यो निर्णय भयो । यसबारे हाम्रो पहिल्यैदेखि छलफल भइरहेको थियो । लामो छलफल भयो । महासमितिबाट त्यसलाई पास गरेको भन्ने भनाई हाम्रो थियो । महासमितिको बैठकमा सभापतिले, तपाइहरुले उठाउनु भएको विषयका बारेमा हामी सकारात्मक छौँ । हामी त्यसलाई पूरा गर्छौँ । र, महासमितिको बैठक समापन गर्न सहयोग गर्नुस् भन्नु भएपछि उहाँकै विश्वासमा महासमितिका साथीहरुले केन्द्रीय नेतृत्व स्वतःमहासमिति सदस्य हुने व्यवस्था खारेज गरेर तल्लो तहबाटै आउनु पर्ने व्यवस्था कायम भएको हो । र, एउटा व्यक्ति समानुपातिकमा पुनः नदोहोरिने गरी व्यवस्था पनि भएको बुझाई महासमितिका साथीहरुको रहयो ।
हामीले पनि त्यही बुझाई राख्यौँ । पछि देन्द्रीय समितिले परिमार्जनसहित विधान पास गर्ने अधिकार महासमितिले दिएको हो । ‘त्यो सन्दर्भमा केन्द्रीय समितिमा छलफल हुँदा महासमितिले गरेको निर्णयको आशय विपरीत परिमार्जन गर्ने अधिकार हामीलाई हुँदैन । महासमितिले गरेको बैठकको निर्णय नबदलिने गरी, त्यसको आशय नउल्टिने गरी शब्द मिलाउने, वाक्य मिलाउने, सामान्य भावहरुलाई प्रष्ट बनाउने कुरा मात्रै हो, परिमार्जनभित्र पर्ने भनेर हामीले भन्यौँ ।’
तर, केन्द्रीय कार्यसमितिको बैठकले बहुमतबाट महासमिति सदस्य हुने जुन व्यवस्था पुरानो थियो त्यसलाई कायम गर्ने, समानुपातिकमा दोहोराउने मात्रै होइन जति चोटीभए पनि त्यसलाई कानूनी बन्देज नलाउने व्यवस्था गरेको छ । यो चाँहि महासमितिको म्यान्डेड विपरीत छ । आन्तरिक लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्ने विषयलाई कमजोर बनाउने खालको छ, भनेर हामीले नोट अफ् डिसेन्ट लेखेका हौँ ।
अनि, अब के हुन्छ ?
एउटा कुरा यस्तो छ । संवेदनशील र गम्भीर विषयमा बहुमत र अल्पमत गर्ने कुरा स्वभाविक होइन । पार्टीको झण्डा, पार्टीको नाम, पार्टीको विधानमाथि बहुमत र अल्पमत गरिनु हुँदैन भन्ने नै कुरा हो, हाम्रो । यो प्रक्रियाबाट अगाडि बढ्दा आम पार्टीमा एकता कायम हुँदैन । समझदारी कायम हुँदैन । पार्टीले संगठित ढंगबाट चुनौतीहरुको सामना गर्न सक्दैन । अब यो विषयको सन्दर्भसँग जोडेर हेर्नुहुन्छ भने कायमै रहन्छ । ६० जिल्ला भन्दा बढी सभापतिहरुले कुरा उठाउनु भएको छ । हस्ताक्षर संकलन गर्नु भएको थियो । उहाँहरुले यो कुरा उठाउनु हुन्छ । हामीले पनि त्यही कुरा उठाइरहन्छौँ । र, अब आउने महाधिवेशनसम्म यो कुरा जान्छ । त्यसैले विषयसँगको कुरा भएन । पार्टी कसरी चलिरहेको छ । पार्टीलाई आम एकता कायम गर्ने आजको त्यो हाम्रो आवश्यकता हो । पार्टी एकदमै विभाजित भएको देखिने कुरा स्वभाविक हुँदैन । यसलाई करेक्सन गर्नुपर्छ ।
सम्बन्धित
नेता रामचन्द्र पौडेलसहित १२ नेताको असहमतिबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट पारित पाँच प्रस्ताव बहुमतले पारित भए । यहीँनेर लेखेका हुन् ती १२ नेताले नोट अफ डिसेन्ट ।
बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय भएको आधिकारिक जानकारी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिए ।
महासमितिबाट केन्द्रीय समितिमा अनुमोदनका लागि पुगेको विधानसहित बैठकले महासमितिको उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्कालेद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक नीति प्रस्ताव परिमार्जनसहित एक साथ पारित गर्ने निर्णय भयो ।