काठमाडौं । भारतीय फिल्म निर्माता नयना सूर्यन आफ्नै निवासमा मृत भेटिएकी छिन् । प्रहरीका अनुसार २८ वर्षकी नयना आइतबार आफ्नो अपार्टमेन्टमा मृत भेटिएकी हुन् । यद्यपि, उनको मृत्युको कारण शव परीक्षणको रिपोर्टपछि मात्रै थाहा हुने बताइएको छ ।

प्रहरीका अनुसार केही समयदेखि उनी मधुमेहको उपचार गराइरहेकी थिइन् । पटक–पटक फोन गर्दा नउठेपछि उनकी आमालाई शंका लागेको र उनका साथीहरुलाई यसबारे भनेको बताइन्छ ।

उनी मूल ढोका कयौँ पटक ढकढकाउँदा पनि नखुलेपछि एक्ट्रा चाबीको प्रयोग गरिएको प्रहरीले जनाएको छ । ढोका खोलेर भित्र जाँद्या उनी आफ्नै बेडरुममा मृत भेटिएकी हुन् । उनले कयौँ मुख्य निर्देशकहरुसँग सहायकको काम गरेकी छन् ।