काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन १४ गते मंगलबार । नेपाल संवत ११३९ सिल्लागा, सप्तमी । २६ फेब्रुअरी २०१९ ।

अहिले विरोधकृत् संवत्सर । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको सप्तमी तिथि विहान १० बजेर १७ मिनेटसम्म रहनेछ । त्यसपछि अष्टमी तिथि लाग्नेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् ।

सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अनुराधा नक्षत्र वुधबार विहान ३ बजेर ५५ मिनेटसम्म रहनेछ । आज व्याघात योग र बालव करण रहेको छ ।

चन्द्रमा वृश्चिक राशिमा छन् । आज अष्टमी व्रतका साथै गोरखकाली पूजा पनि परेको छ । यसैगरी आज दुर्गा भगवतीको उपासना शुभ रहनेछ । सूर्योदय ६ बजेर ३४ मिनेटमा भयो भने, सूर्यास्त भरे बेलुकी ६ बजेर १ मिनेटमा हुनेछ ।