काठमाडौं । वीरगञ्जको आदर्शनगर रङ्गशालामा फागुन १९ गतेदेखि अश्वमेध गायत्री महायज्ञ आयोजना हुने भएको छ । अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो ।
अखिल विश्व गायत्री परिवार र वीरगञ्ज महानगरपालिकाको सहयोगमा धार्मिक, आध्यात्मिक, सामाजिक सङ्घ, संस्थाहरुको सहभागितामा २५१ कुण्डीय यज्ञशाला स्थापना गरी महायज्ञ हुने आयोजकले जनाएको छ । फागुन २१ गते अश्वमेध यज्ञ तथा साँझ एक लाख बत्तीको दीप महायज्ञ हुनेछ । यही फागुन २२ गते यज्ञ संस्कार तथा अश्वमेध पूर्णाहुति दिने कार्यक्रम छ ।
मूल आयोजक समितिका अध्यक्ष तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यो यज्ञ आयोजना गर्नुका मुख्य उद्देश्य तपोभूमि तथा देव भूमिका रुपमा परिचित नेपाललाई विश्वमा चिनाउनु रहेको बताए । उनले नेपाल अध्यात्मिक तथा सांस्कृतिक रुपमा धनी छ, भने ।
अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिका संयोजक एवम् वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले तीन वर्षको अथक मिहेनत र लगातार प्रयासपछि उक्त महायज्ञ आयोजना गर्न लागेको बताए । महायज्ञमा सबै श्रद्धालु र भक्तालुलाई निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको उनले बताबताए ।