बुटवल । तिलोत्तमा गोल्डकपको २१औँ संस्करणको उपाधि क्यामनको दाउफिन्सले जितेको छ । अन्तिम तथा निर्णायक खेलमा नेपाल पुलिस क्लबको टोलीलाई पाहुना टोली दाउफिन्सले १–० ले हराउँदै उपाधि जितेको हो ।

देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि खेल बराबरी भयो । पुलिसका तेज तामाङको प्रहारलाई दाफिन्सका गोलरक्षकले रोकेपछि ‘सडनडेथ’मा दाउफिन्सले उपाधि जितेको हो ।

उपाधि विजेता दाउफिन्सले आठ लाख ८० हजार नगद, ट्रफी र सिल्ड हात पारेको छ भने उपविजेता पुलिस क्लबले पाँच लाख ५० हजारमा चित्त बुझाएको छ ।

यो सिजन मात्रै मनकामना र बुढासुब्बा गोल्ड कप पोल्टामा पारेर हौसिएको दाउफिन्स तिलोत्तमा गोल्डकप जितेर ह्याट्रिक रहेको छ भने यसपालि खप्तड कप उचालेको पुलिस क्लबले तिलोत्तमामा लगातार दुई वर्ष दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।