काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन १५ गते बुधबार । नेपाल संवत ११३९ सिल्लागा, अष्टमी । २७ फेब्रुअरी २०१९ । अहिले विरोधकृत् संवत्सर । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको अष्टमी तिथि विहान १० बजेर १० मिनेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । ज्येष्ठा नक्षत्र विहिबार विहान ४ जबेर ४६ मिनेटसम्म रहनेछ ।
आज हर्षण योग र तैतिल करण रहेको छ । यस्तै, चन्द्रमा आज वृश्चिक राशिमा छन् । बुधबार विष्णु भगवानको उपासना शुभ रहनेछ । सूर्योदय ६ बजेर ३३ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ६ बजेर २ मिनेटमा हुनेछ ।