काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर वुधबार मौसम सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ ।

पश्चिमी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । पश्चिमी भूभागका अधिकांश स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै मध्य र पूर्वका अधिकांश स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च हिमाली भूभागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।