काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको हो ।

बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन बनायो ।

कुवेतलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिईन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेपालको लागि बिन्दु रावलले अविजित रहदै सर्वाधिक २८ रनको योगदान दिईन् । ४८ रन जोड्दा ५ विकेट गुमाईसकेको नेपालको सम्मान जनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १३ बलमा ३ चौकासहित २२ रन बनाईन् ।

यस्तै नेरी थापाले १९, काजल श्रेष्ठले १८ रन जोड्दा इन्दु बर्मा र रोमा थापाले समान ७र७ रन बनाईन् । नेपालकी ओपनर सिता राना मगर र सरिता मगर सुन्य रनमा पेभेलियन फर्किए ।

कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले समान २र२ विकेट लिईन् ।