काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले यातायात क्षेत्रमा लगाइएको चक्रीय प्रणाली खारेज गर्ने नीति कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले यातायात क्षेत्रमा लगाइएको चक्रीय प्रणाली खारेज गर्ने नीति कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन सरकारसँग माग गरे । राष्ट्रियसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै उनले औद्योगिक क्षेत्रहरुमा स्थापना गरिएका उद्योगहरुको जग्गाको भोगचलनसम्बन्धी विवाद तत्काल समाधान गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, पोखरा औद्योगिक क्षेत्र, हेटौडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको उद्योगको स्वामित्वको विषयलाई लिएर विवाद चर्किदै गएको छ । उक्त समस्या तत्काल समाधान गर्नुपर्ने सांसद बिडारीको सरकारसँग माग छ ।

सांसद रामलखन चमारले नवलपरासीमा रहेकोे महेशपुर भन्सार घाटामा गएको उल्लेख गर्दै त्यसबारे संघीय संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे ।

त्यसैगरी सांसद शान्तिकुमारी अधिकारी ९जिसी०ले मुलुकमा विद्यमान महिला हत्या, हिंसालगायतका घटना तत्काल नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरकारलाई पुनः सचेत गराए ।