काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन १६ गते विहिबार । नेपाल संवत ११३९ सिल्लागा, नवमी । २८ फेब्रुअरी २०१९ ।
अहिले विरोधकृत् संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको नवमी तिथि विहान १० बजेर ३४ मिनेटसम्म रहनेछ ।
यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । आज वज्र योग र वणिज करण परेको छ ।
चन्द्रमा धनु राशिमा छन् । बिहीबार दुर्गा भगवतीको उपासना शुभ रहनेछ । सूर्योदय ६ बजेर ३२ मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर २ मिनेटमा हुनेछ ।