काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । विहिबार साँझ मुटुको धढ्कन एक्कासी बढ्ने र छाती दुख्ने समस्या भएपछि मन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

उर्जामन्त्री पुनलाई सिसियु कक्षमा राखेर मुटुरोग विशेषज्ञ यादव भट्टको टोलीले उपचार गरिरहेको छ । चिकित्सकका अनुसार उनको मुटु र श्वासप्रस्वासमा समस्या देखिएको छ । मन्त्री पुनलाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तीबहादुर बस्नेतले अस्पताल पुगेर भेटिसकेका छन् ।

मन्त्री पुनको स्वास्थ्यमा पटक–पटक समस्या आइरहेका छन् । यसअघि मन्त्री पुन उपचारका लागि पटक–पटक थाइल्याण्ड पुगिसकेका छन् । उनले भारतमा पनि उपचार गराइसकेका छन् ।