काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको छ ।

फागनु पहिलो हप्तादेखि बिरामी भई शिक्षण अस्पतालको आईसियुमा उपचाररत् प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार नदेखिएपछि भारतको मेदान्त अस्पताल लगिएको उनका स्वकीय सचिव धनसिंह क्षेत्रीले बताए । ७१ वर्षीय प्रदेश प्रमुख मल्ललाई कडा खालको निमोनिया र फोक्सोमा सङ्क्रमण र श्वासप्रश्वासमा समस्या देखिएको छ ।

शिक्षण अस्पतालका चिकित्सक डा.पङ्कज पन्त र डा. निरज बम लगायतको चिकित्सकको टोली प्रदेश प्रमुख मल्लको उपचारमा संलग्न थियो । बिरामी भएपछि फागुन ५ गते धनगढीको निसर्ग अस्पतालमा उपचारका लागि लगिएकामा त्यही राति थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।