काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत मन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा पुगेर राष्ट्रपतिले श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपाका अध्यक्ष ओली र प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

श्रद्धाञ्जलीका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणलगायतको उपस्थिति छ ।