कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलि दिन पोखरामा पनि उतिकै भीड लागेको छ । मन्त्री अधिकारीको पार्थिव
पोखरा–९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा राखिएको छ । श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा नागरिक भेला भएका छन् । श्रद्धाञ्जलिसभा स्थलमा पार्टीका ४९ वटा झण्डा झुकाइएको छ ।
दिवंगत मन्त्री अधिकारीको उमेर ४९ वर्ष पुगेका कारण ४९ वटा झण्डा झुकाइएको पार्टीका कार्यकर्ताले बताएका छन् ।
अन्त्येष्टि रामघाटमा
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरिने बताए । रामघाटमा मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मनुभएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।