काठमाडौं । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था थप जटिल भएको छ । उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । लामो समयदेखि थलिएका अधिकारी अचेत भएपछि भेन्टिलेटरमा राखिएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत् उनको आइसियुमा राखेर उपचार हुँदै आएकामा एकाएक अचेत भएका हुन् । श्वासप्रश्वास लगायत अन्य समस्या देखिएपछि अधिकारी माघको दोस्रो हप्तादेखि ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको चिकित्सकहरु बताउँछन् । अधिकारी ‘निमोनिया’बाट पीडित छन् ।

वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्की र मुटुरोग विशेषज्ञको टोलीले उहाँको उपचार गरिहेको छ । डा. रक्षा पाण्डे, डा. सविन कोइराला लगायत चिकित्सक उनको उपचारमा संग्लग्न छन् । शुक्रबार बिहान मात्रै नेकपाका गोकर्णराज विष्ट, भीम आचार्य लगायत नेताहरु अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । -तस्वीर : वेब