एजेन्सी । अघिल्लो वर्ष रिलिज भएको साउथ इन्डियन फिल्म ‘केजीएफ’को एउटा गीतमा तीन युवतीले नाचेको भिडियो चर्चामा आएको छ । किंग्स युनाइटेड इन्डिया अफिसियल नाम गरेको एक युट्युब च्यानलमा एक भिडियो अपलोड भएको छ । जुन भिडियोमा तीन युवतीले नाचेका छन् । त्यो भिडियो २ लाख बढिले हेरिसकेका छन् । थुप्रै प्रतिक्रिया समेत आएका छन् ।

फिल्म ‘केजीएफ’ले बक्स अफिसमा राम्रै कमायो । साउथ फिल्म पछ्याउने दर्शकलाई निकै मन परेको फिल्म हो, ‘केजीएफ’ । भारतीय सञ्चार माध्यमका अनुसार दर्शक ‘केजीएफ’को दोस्रो संस्करणको प्रतिक्षामा छन् । यो फिल्ममा मौनी रोयको डान्स निकै रुचाइयो । युवा पुस्ताले यति मन पराए कि, डान्स स्टेप पछ्याउँदै भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने होड नै चल्यो ।

भिडियो