महोत्तरी । मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग लिएको घुससहित नायब सुब्बा ढक बहादुर कार्की पक्राउ परेका हुन् । कार्कीले जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस रकम मागेको बताइएको छ ।

घुस मागेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले कार्कीलाई सेवाग्राहीसँग दश हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

घुससहित पक्राउ परेका कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम दश हजार बिगो कायम गरी विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।