काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ । नेता अधिकारीको स्वास्थ्यअवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनको अवस्थाबारे जानकारी दिइएको हो ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै नेता अधिकारीलाई बचाउन सम्भावना न्युन बताइएको छ । शरिरको सम्पूर्ण अंगहरुले काम गर्न छोडेकाले बचाउने सम्भावना न्युन देखिएको चिकित्सकले बताएका छन् ।

नेता अधिकारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेता अधिकारीको गत पुसबाटै नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएको थियो । पछि उनलाई २४ माघमा ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।