काठमाडौं । आज विक्रम संवत् २०७५ साल फागुन १९ गते आईतबार । नेपाल सम्वत ११३९ चिल्लाथ्व, पारु । ईश्वी संवत ३ मार्च २०१९ । अहिले विरोधकृत् संवत्सर । सूर्य उत्तरायणमा छन् ।
शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको द्वादशी तिथि दिवा १२ बजेर ३८ मिनेटसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराषाढा नक्षत्र विहान १० बजेर १० मिनेटसम्म रहनेछ ।
आज वरियन योग र गर करण परेको छ भने चन्द्रमा मकर राशिमा छन् । आज प्रदोषव्रत परेको छ । आइतबारका दिन परेको प्रदोषव्रतलाई रविप्रदोष पनि भनिन्छ । आज सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले केवल शिवजीको उपासना मात्र शुभ रहनेछ । सूर्योदय ६ बजेर २९ मिनेटमा भयो भने, सूर्यास्त भरे बेलुकी ६ बजेर ४ मिनेटमा हुनेछ ।