काठमाडौं । सरकारले फागुन २० गते सोमबार देशभर सार्वजनिक विदा दिएको छ । हिन्दूहरुको पर्व महाशिवरात्री परेकाले सोमबार देशभरी नै सार्वजनिक विदा दिइएको हो । हिन्दू परम्परा अनुसार महाशिवरात्री महान पर्वको रुपमा लिइन्छ ।
शिव तिनै हुन् जस्ले आफु विष पिएर प्राणीहरुको रक्षा गरे । र, गोँसाईकुण्ड पर्वत पुगे । शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामहिक मृत्युको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर आँशुको धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरे ।