काठमाडौँ । राहत शिक्षक संघर्ष समितिको प्रदर्शनमा आईतबार प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट तीस भन्दा बढि शिक्षक घाईते भएका छन् । घाईते मध्ये पाँच जनालाई बढिनै चोट लागेको छ ।

प्रदर्शन गर्दै आईतबार माइतीघरबाट बानेश्वर जाने क्रममा निषेधीत क्षेत्र तोड्न खोजेपछि हस्तक्षप गर्नुपरेको प्रहरीले जनाएको छ । राहत शिक्षकले सरकारले कामबाट हटाएर बेरोजगार बनाउन खोलिइएको भन्दै आन्दोलित भएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरुलाई स्रोत व्यक्तिको रुपमा नरहने र पुरानै स्रोत व्यक्तिलाई पठाउने निर्णग गरेको थियो ।

आन्दोलनरत् राहत शिक्षकले यसअघि सरकारलाई विभिन्न विषय समेटेर मागपत्र बुझाएका थिए । कतिपय विद्यालयमा स्रोत शिक्षक नआउँदा राहत शिक्षकले नै पढाउँदै आएका छन् । उनीहरुले माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए ।