काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केन्यामा आयोजना हुने टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमन शिवाकोटीले केन्याले आयोजना गर्न लागेको प्रतियोगिता खेल्ने जानकारी दिएका हुन् ।

आउने मार्चको अन्तिममा केन्यामा आयोजना हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउने पक्का भएको छ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहने  शिवाकोटीले बताएका छन् ।

तर, शिवाकोटीले प्रतियोगिताको नाम र टिमबारे विवरण आउन बाँकी रहेको बताए । ‘आइसीसीको आयोजना नभएको कारणले सबै विवरण आउँन समय लाग्नेछ’, शिवाकोटीले भने ।

नेपालले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकपको लागि आयोजना हुने एसिया छनोटको तयारीको रुपमा प्रतियोगिता खेल्न लागेको हो । विश्वकपका लागि एसिया छनोट अगष्टमा हुँदैछ ।