काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) केन्द्रिय जनस्वास्थ्य विभागको प्रमुखमा सहप्राध्यापक डा. आमोद कुमार पौड्याल नियुक्त भएका छन् । २७ वर्षदेखि त्रिवि अन्तर्गत जनस्वास्थ्य विभागमा प्राध्पापन गर्दै आएका पौडयाल उक्त विभागको पहिलो प्रमुख बनेका छन् । उनले नियुक्ति पत्र समेत बुझिसकेका छन् ।

जनस्वास्थ्य क्षेत्रको सर्वोपरी विकास र सेवा विशिष्टिकरणका लागि त्रिवि कार्यकारी परीषदले गत भदौ १७ गते विभागको गठन गरेको थियो। तर विभाग गठन भएको पाँच महिना वितिसक्दा समेत प्रमुख नियुक्त हुन सकेको थिएन ।

प्रमुख नियुक्तीमा ढिलाई गरेपछि महाराजगन्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले तीन महिनासम्म डिन कार्यालय बन्द गराएको थियो । प्रमुख नियुक्तीको माग लिएर नेपाल जनस्वास्थ्य संघले ध्यानाकर्षण गर्दै आएको थियो । सोही दवाव र ध्यानाकर्षणपछि त्रिविले विभागमा प्रमुखको नियुक्ती गरेको हो ।

लामो संघर्षपछि विभागिय प्रमुखको नियुक्तिपछि जनस्वास्थ्य संघका केन्द्रिय सदस्य कमल रानाभाटले प्रतिक्रिया दिँदै भनेका छन्, ‘जनस्वास्थ्यको क्षेत्रमा यो ठूलो उपलब्धि हो।’