काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार २२ गते बस्ने भएको छ । नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलीमाथि छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रम समीक्षा लगायतका लागि बैठक बोलाइएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आषाढ २२ गते आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा हुनेछ । त्यस्तै भातृ एवं शुभेच्छुक संस्थाको विधान, समसामिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा उपस्थितिका लागि पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।