काठमाडौं । आज विक्रम संवत् २०७६ साल असार ७ गते शनिबार, ईश्वी संवत २०१९ जुन २२ । नेपाल सम्बत ११३९ तछलागा, पञ्चमी । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ कृष्णपक्षको पञ्चमी तिथि बेलुकी ७ बजेर ३० मिनेटसम्म रहनेछ ।

यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । धनिष्ठा नक्षत्र राति ८ बजेसम्म रहनेछ । आज विष्कुमभ योग र कौलव करण रहेको छ ।

चन्द्रमा विहान ६ बजेर ४३ मिनेटसम्म मकर र सो पश्चात् कुम्भ राशिमा रहनेछ कुरा छ । यसैगरी शनिबार शिवजीको उपासनासँगै पिपलको पूजा एव जल अर्पण लाभदायी रहनेछ । सूर्योदय ५ बजेर ११ मिनेटमा भयो भने, सूर्यास्त बेलुकी ७ बजेर १ मिनेटमा हुनेछ ।