काठमाडौं । मलेसियामा हुने एसीसी यु–१९ पूर्वी क्षेत्र क्रिकेटका लागि नेपाली टोलीे घोषणा भएको छ । अर्को हप्ताबाट सुरु हुने प्रतियोगिताको लागि नेपालले रोहित कुमार पौडेलको कप्तानीमा १४ सदसीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा चार खेलाडी नयाँ अनुहार रहेका छन् । खड्क बोहोरा, तिलक भण्डारी, विशाल विक्रम केसी र लोकेश बमले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसंग खेल्ने तय भएको छ । समूह ‘ए’ मा रहेको नेपालले म्यानमारसंग जुलाई २ मा खेल्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा जुलाई ५ मा सिंगापुर र अन्तिम खेलमा जुलाई ६ मा चीनसंग खेल्नेछ ।

अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टोली सदस्य

रोहित कुमार पौडेल (कप्तान)

रित गौतम

पवन सर्राफ

भिम सार्की

कुशल मल्ल

रशिद खान

कमल सिंह ऐरी

सागर ढकाल

हरि बहादुर चौहान

प्रतिष जिसी

खडक बोहरा

तिलक भण्डारी

विशाल बिक्रम केसी

लोकेश बम