काठमाडौं । आज विक्रम संवत् २०७६ साल असार ११ गते वुधबार, ईश्वी संवत २०१९ जुन २६ । नेपाल सम्बत ११३९ तछलागा, नवमी । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ कृष्णपक्षको नवमी तिथि विहिबार विहान २ बजेर ३७ मिनेटसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रेवती नक्षत्र अहोरात्र रहनेछ । आज शोभन योग र तैतिल करण रहेको छ ।

चन्द्रमा मीन राशिमा छन् । आज विष्णु भगवानको उपासनासँगै हरिया वस्तुको प्रयोग शुभ रहनेछ । यस्तै, वुधबार सूर्योदय ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ७ बजेर १ मिनेटमा हुनेछ ।