काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपुर्तिका लागि पूराका पूरा भागवण्डा गर्न नसकिने बताएका छन् । प्रतिनिनिधिसभाको राज्यव्यवस्था तथा शुसासन समितिको बैठकमा मन्त्री पण्डितले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

प्रदेश र स्थानीय तहका एकरएक पदलाई लिएर कुनै पनि धारणामा अडिग नरहन उनले आग्रह गरे । ‘यो बडो संवेदनशिल विषय हो,’ उनले भने, ‘अहिले सयमा सय प्रतिशतलाई भागवण्डा गरेर जान सकिने स्थिति छैन । ५५ र ४५ को भित्र व्यापक छलफल गरेर प्रतिशत निर्धारण गरेर सहमतिमा पुगन सक्यौ त्यत्ति राम्रो हुन्छ ।’ यसमा धेरै वाद विवाद, तितो पिरो र धेरै कठोर बन्नुपर्ने स्थिति नभएको उनले बताए ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा ८ अन्तर्गत संघीय निजामती सेवाको पदपूर्तिको विषयमा समितिले विभागीय मन्त्रालयसँग छलफल गरेको छ ।